Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा  वंशजका आधारमा आमाको नामबाट नागरिकता वितरण गर्न सुरु

गोरखामा  वंशजका आधारमा आमाको नामबाट नागरिकता वितरण गर्न सुरु

जोईन खबर

१८, आश्विन २०८०
  • 730
    SHARES
  • गोरखामा  वंशजका आधारमा आमाको नामबाट नागरिकता वितरण गर्न सुरु

    १८ असोज काठमाडौँ । गण्डकी प्रदेश गोरखाको जिल्ला प्रशासन कार्यालयले  अब आउने दिनमा लागु हुने गरी आमाको नामबाट नागरिकता प्रदान गर्न कार्य सुरू गरेको छ । जिल्ला प्रशासनले गत १६ गते भीमसेन थापा गाउँपालिका वडा न १ मसेलका १९ वर्षीय मन्जित बानियाँलाई आमाका नामबाट नागरिकता प्रदान गरेको हो।

    images

    गोरखामा पहिलोपटक आमाको नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले  बताउनु भयो । उमेर पुगेर पनि नागरिकता बनाउन नपाएका बानियाँलाई आमाको नामबाट वंशजका आधारमा प्रदान गर्नेगरी गृह मन्त्रालयले गरेको पत्र अनुसार नागरिकता प्रदान गरिएको हो।नेपाल सरकारबाट नेपाल नागरिकता ९तेस्रो संशोधन० नियमावली, २०८० जारी भएपछि कार्यालयबाट आमाको नामबाट पनि नागरिकता वितरण गर्न सुरु गरिएको जिल्ला प्रशासन अधिकारी भुसालको भनाइ छ।

    images
    images
    images

    आमाको नामबाट नागरिकता पाउन निवेदक र निवदेकका  आमाले बुबाको पहिचान नभएको स्वघोषणासहित जन्मदर्ता, आमाको नेपाली नागरिकता, आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र, वडा कार्यालयको सिफारीससहित प्रशासनमा निवेदन दिनुपर्नेछ।

    वडाध्यक्ष वा वडाध्यक्षले तोकेका जनप्रतिनिधि र निवेदकसँग सम्बन्धित दुईजनाले प्रशासनमा आएर सनाखत गरेपछि नागरिकता प्रदान गरिने उनले बताए।बाबुको पहिचान नभएका व्यक्तिलाई आमाका नामबाट पनि नेपाली नागरिकता वितरण गर्न सुरु गरिएको हो। 
     

    प्रकाशित मिति :आश्विन १८, २०८० बिहिवार - १२:१५:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको