Logo

बिहिवार, कार्तिक १३ गते २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो पहेलो धातु ३ सय २० ग्रामसहित , भारतीय नागरिक २ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो पहेलो धातु ३ सय २० ग्रामसहित , भारतीय नागरिक २ जना पक्राउ

जोईन खबर

१८, आश्विन २०८०
  • 730
    SHARES
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो पहेलो धातु ३ सय २० ग्रामसहित , भारतीय नागरिक २ जना पक्राउ

    १८ असाेज काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध रुपमा लुकाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो पहेलो धातु ३ सय २० ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतीय नागरिक २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी रहेका छन् ।

    images

    हिमालयन एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका अग्रवाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा उनको साथबाट २ सय २० ग्राम तौल भएको उक्त धातुको बाला १ थान तथा सिक्री १ थान र जबेरीलाई उक्त विमानस्थलको आगमन लिफ्ट भर्‍याङमा जाँच गर्ने क्रममा उनको साथबाट १ सय ग्राम तौल भएको उक्त धातुको बाला १ थानसहित फेला पारी दुवै जनालाई  प्रहरीले  पक्राउ गरिएकाे थियाे ।उनीहरु थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौं पठाइएको छ । 

    images
    images
    images

    प्रकाशित मिति :आश्विन १८, २०८० बिहिवार - १३:०९:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको