Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल सरकारले दसैँका लागि अग्रिम टिकट कहिलेबाट खोल्ने निधो नगर्दा सर्वसाधारण अलमलमा परे

नेपाल सरकारले दसैँका लागि अग्रिम टिकट कहिलेबाट खोल्ने निधो नगर्दा सर्वसाधारण अलमलमा परे

जोईन खबर

१८, आश्विन २०८०
  • 760
    SHARES
  • नेपाल सरकारले दसैँका लागि अग्रिम टिकट कहिलेबाट खोल्ने निधो नगर्दा सर्वसाधारण अलमलमा परे

    १८ असाेज काठमाडाैँ । नेपाल सरकारले दसैँका लागि अग्रिम टिकट कहिलेबाट खोल्ने निधो नगर्दा सर्वसाधारण अलमलमा परेका छन् ।यातायात व्यवस्था विभागसँगको छलफलमा व्यवसायीहरूले सबै वस्तुको मूल्यवृद्धि भएको र सडक पनि राम्रो नभएको भन्दै दसैँमा सार्वजनिक गाडीको भाडा बढाउनुपर्ने अडान राखेका छन् ।

    images

    हामी यातायात व्यवसयीसँग पटक-पटक कहिलेबाट दसैँको लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भन्ने विषयमा छलफलमा गरेका छाै , यातायात व्यवस्था विभाग स्रोतले गरेकाे प्रश्नकाे जवाफ के अायाे भने  ‘ भाडावृद्धि नगरी अग्रिम टिकट खुल्ला गर्न नसकिने बताइएको छन् । यातायात व्यवस्था विभाग भाडा बढाउन दिने पक्षमा छैन । दसैँको बेला सार्वजनिक यातायातको भाडा वृद्धि गर्दा गाउँ जानेहरूलाई समस्या पर्ने अवस्था सिर्जना हुन्छ । भाडा बढ्यो भने नकारात्मक सन्देश समेत जान्छ ।’व्यवसायीले अहिले कति भाडा वृद्धि गर्नुपर्ने खुलाएका छैनन् ।

    images
    images
    images

    यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले पटकपटक दसैँका लागि अग्रिम टिकट खुल्ला गर्ने विषयमा यातायात व्यवसायीसँग छलफल भएको बताए ।उनले भने, ‘विभागले यातायात व्यवसायीसँग पटकपटक अग्रिम टिकट खोल्नको लागि छलफल सरिसकेका छौं । व्यवसायीहरूले आफ्नो समस्या विभागमा राख्नुभएको छ । चाँडै बुकिङ खोल्दा टिकट सकिएर समस्या आउन सक्छ ।

    आगामी २० गते वा त्यो भन्दा पछाडि टिकट बुकिङ खुल्ला गर्दा पनि राम्रो हुन्छ कि भन्ने पनि छ । आज पनि अग्रिम टिकट बुकिङ कहिलेबाट खोल्ने भन्ने विषयमा यातायात व्यवसायीसँग छलफल गर्ने तयारी रहेको छ ।’नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष विजय स्वाँरले भाडा वृद्धि गर्नुको विकल्प नरहेको बताए ।उनले कुरा गर्दै भने, ‘राज्यले यातायात व्यवसायीलाई पेल्दै गएको छ । दसैँका लागि अग्रिम टिकट बुकिङको लागि हामीले हाम्रा मागहरु अगाडि सारेका छौं । सबैभन्दा पहिलो माग भनेको देशभर निर्माण गर्ने भनेर खनिएका सडक बनाउन माग गरेका छौं ।

    दोस्रो भनेको भाडा वृद्धिमा प्रयोग हुने १६ वटा तत्वमध्ये सबैंभन्दा धेरै मूल्यवृद्धि भएको ५ वटा वस्तुको मूल्यांकन गरेर भाडा वृद्धि गर्न भनेका हौं । कानूनी व्यवस्था पनि त्यही छ । प्रत्यक वर्ष गाडीमा प्रयोग हुने ५ वस्तुको मूल्य हेरेर भाडा वृद्धि गर्नुपर्ने हो । भने, बाँक ११ वटा वस्तुको मूल्य हेरेर ५ वर्षमा पुन: भाडा समायोजन हुनुपर्ने हो । तर, भाडा बढाउन हुदैन मात्रै भनिरहेको छ ।पेट्रोलियम पदार्थले ३५ प्रतिशतमात्रै भाडाको सम्बोधन गर्छ । बाँकी ६५ प्रतिशत भाडा गाडीमा प्रयोग हुने टायरदेखि अन्य वस्तुको आधारका निर्धारण हुनुपर्छ । राज्यले व्यवसायीको कुरा नसुने दसैँमा अग्रिम टिकट खुल्दैन भने बताएका छन् ।

     

     

    प्रकाशित मिति :आश्विन १८, २०८० बिहिवार - १५:१२:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको