Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बझाङमा हिजाे पनि चैनपुर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युड भूकम्प

बझाङमा हिजाे पनि चैनपुर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युड भूकम्प

जोईन खबर

१९, आश्विन २०८०
  • 724
    SHARES
  • बझाङमा हिजाे पनि चैनपुर  केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युड  भूकम्प

     १९ असाेज काठमाडाैँ । बझाङमा गएराति पनि दुई पटक परकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार गएराति  चैनपुर आसपास केन्द्रविन्दु भएर १० बजेर ५२ मिनेटमा ४.५ र १२ बजेर २३ मिनेटमा ३.९ म्याग्निच्युडको परकम्प गएको छ ।

    images

    गत मंगलबार बझाङको तालकोट केन्द्रविन्दु भएर ५.३ र चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले अहिले पनि परकम्प जाने र धक्का महसुस भइरहेको जानकारी दिए । मंगलबार र भोलिपल्ट पनि कोही पनि घरभित्र बस्न सक्ने अवस्था थिएन । तर अब भने विस्तारै घरमा जाने र कामकाज गर्ने क्रम सुरु हुन थालेको छ ।’प्रदेश सरकारले उपलब्ध गराएको राहत बिहीबार बझाङ पुगेको छ ।त्यसअघि रेडक्रस लगायतका संघसंस्थाले टेन्ट र केही खाद्यान्न प्रभावितहरुलाई उपलब्ध गराएका थिए । 

    images
    images
    images

    भूकम्पबाट कति प्रभावित भए र क्षतिको अवस्था कस्तो छ भनेर अझै पनि एकिन भइसकेको छैन । भूकम्पमा परी १ जनाको मृत्यु र २० जना घाइते भएको विवरण भए पनि भौतिक पूर्वाधारतर्फ भएको क्षति एकीन नभएकाे प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनु भयाे ।

     

    प्रकाशित मिति :आश्विन १९, २०८० शुक्रवार - १०:३५:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको