१९ असाेज काठमाडाैँ । राजधानीको महाराजगन्जमा गोली लागेर घाइते भएकी शर्मिला चौधरीको उपचारको क्रममा मृत्यु भएको हाे । उनी नेपाल प्रहरीका पूर्व आईजी ध्रुवबहादुर प्रधानका पर्सनल सेक्युरिटी अफिसर पीएसओअसई लक्ष्मण चौधरीकी पत्नी हुन् ।
गोली लागेर घाइते भएकाे अवस्थामा भेटिएकी शर्मिलाको उपचारका क्रममा प्रहरी अस्पतालमा मृत्यु भएको थियाे। असोज १० गते काठमाडौं महानगरपालिका वडा न ४ पञ्चकन्यास्थित डेरा गरी बस्ने शर्मिलाकाे कोखामा गोली लागेको अवस्थामा भेटिएकाे थियाे ।घटना थाहा पाए पछि महाराजगञ्ज प्रहरी बृत्तको टोलीले उद्धार गरेर उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याएको थियो।
उनले आफुलेआफैँलाई गोली हानेको प्रहरीको अनुसन्धान अनुमान छ । प्रहरी सहायक निरीक्षक चौधरीले बोक्ने पेस्तोलबाट दुई राउन्ड फायर भएको अनुसन्धानबाट थाहा भएको छ । शर्मिलाको कोखामा १ राउन्ड गोली लागेको थियो ।
असई चौधरी गोली लोड भएको पेस्तोल लोडेड अवस्थामै राखेर चौधरी बाहिर निस्केको र चलाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान थियो। घटनाबारे अनुसन्धान भने जारी रहेको जिल्ला प्रहरी काठमाडौं स्रोतले जानकारी दिएको छ।