Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न बझाङ जादै

प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न बझाङ जादै

जोईन खबर

१९, आश्विन २०८०
  • 721
    SHARES
  • प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न बझाङ जादै

    १९ असोज काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न बझाङ गएका हुन् । उनी नेपाली सेनाको हेलिकप्टरबाट बझाङ गएका आजै बेलुका काठमाडौं फर्किने कार्यक्रम छ ।

    images

    भूकम्पले क्षति पुर्याएका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट प्रभावित प्रतिनिधिमुलक ठाउँहरु देखाउने बताए ।

    images
    images
    images

    बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा धेरै भौतिक क्षति पुर्याएको छ । भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । भूकम्पले घरलगायतका भौतिक संरचनामा धेरै क्षति पुगेको भए पनि एकिन विवरण आइसकेको छैन । 

    प्रकाशित मिति :आश्विन १९, २०८० शुक्रवार - १२:२३:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको