१९ असाेज काठमाडाैँ । गाेरखाकाे बारपाक सुलिकोट गाउँपालिका केन्द्र जोड्ने मुख्यसडकको मन्त्री जुग्जालीले आज अवलोक गर्दै ,घ्याम्पेसाल–ताकुकोट सडकखण्डको काम छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिनु भयाे । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले गोरखाको घ्याम्पेशाल–पाँचखुवा देउराली–ताकुकोट गाउँपालिका कार्यालय जाेडने सडक निर्माणमा भइरहेको ढिलाईप्रति असन्तुष्टी व्यक्त गर्नुभएको छ । मन्त्री जुग्जालीले गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणको आज अवलोकन सँगैँ सडक निर्माणको काम ढिलाे किन भएकाे कुरा ठेकेदार सँग प्रश्न गर्नुभएकाे थियाे ।
ठेकेदार कम्पनिलाई गाेरखा हुदै घ्याम्पेसाल–देउराली ताकुकोट सडकखण्डको काम छिटोभन्दा छिटो सम्पन्न गर्न निर्देशन समेत दिनुभयो । मन्त्री जुग्जालीले नजिकिदो चाडपर्व लक्षित गरी सवारी अाेहाेदाेहाे गर्न सहज गराउन र चाडपर्व पश्चात तिव्र गतिमा काम हुने गरी तयारी गर्न निर्माण व्यावसायी र पूर्वाधार कार्यालय गोरखालाई निर्देशन समेत गर्नु भएकाे छ ।

ठेकेदार कम्पनीकाे लापरवाहीले गर्दा सडक निर्माण नहुदाँ जनताले दु ख खेप्नु परेको भन्दै गाउँपालिका कार्यालयमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री माननीय रेशम बहादुुर जुुग्जाली, सचिव शंकरराज पण्डीत, पूूर्वाधार महाशाखा प्रमुख सिनियर डिभिजनल ईञ्जिनियर लक्ष्मीप्रसाद भण्डारी, पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुुवेदीको टोली सहित र गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट, उपाध्यक्ष सनमाया गुुरुंग, प्रमुख प्रशासकीय अधिकृत तुुलसीराम आचार्य र वडाका अध्यक्ष लगायत जनप्रतिनिधि र निर्माण ठेकेदार कम्पनीसँग छलफल गर्नु भएकाे गाउँपालिका अध्यक्षका स्वकीय सचिव रिजन विश्वकर्माले जानकारी दिनु भयाे ।
उक्त छलफलमा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले गाउँपालिकाको मुख्य सडकको रुपमा रहेको बारपाक –लाप्राक, उल्टे–मसार–ताकुकोट सडकखण्डको निर्माणमा समेत समयमा काम नभएकाे र अलि छिटो निर्माणका लागि हजुरले पहल गर्दिन आग्रह गर्नुभयो ।यस गाउँपालिकालाइ जाेडने सडकखण्डको निर्माणमा ढिला गर्दा गाउँपालिकावासीलाइ दु ख कष्ट भएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी गराउनुभयो ।