२१ असोज काठमाडौँ । नेपाल सरकारले आज आइतबार देखि हिन्दुहरुको चाडपर्वलाई लक्षित गर्दै सस्तो पसल सञ्चालन गर्ने भएको छन् । सबै नागरिकहरुलाई सहजताको लागि काठमाडौँ राजधानी लगायत बाहिरा गरी ८३ स्थानमा ब्रिक्री स्थल सञ्चालन गर्ने बताएकाद छन् । खा्य
२१ असोज काठमडौँ ।गोरखाको गोरखा दरौंदी यातायात सेवा कम्पनीको दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले यातायात व्यवसायीको समस्या राज्यले नदेखेको आरोप लगाएको बताएका हुन् । उनीहरूले लाखौँ रुपैयाँ लगानी गरेर नागरिकहरूलाई सेवा दिएको सरकारले देखेको छैन । यातायात व्यवसायीहरूले पैसा कमाएर वा भाडादर धेरै लिएर खाएको मात्रै देखेका छन्,उनले भने
गोरखाका यातायात व्यवसायी नारायण दानीले बाटोको स्थलगत निरीक्षण नगरी गुगल म्याप हेरेर भाडा निर्धारण गरेकाले गोरखामा कायम गरिएको भनिएको भाडा दर अस्वीकार्य गरीको बताए ।गोरखामा विभिन्न राजनीतिक व्यक्तिसहित उपस्थित कार्यक्रममा नै यातायातका व्यवसायी खत्रीले सरकारले लागु गरेको नयाँ भाडा डर कार्यान्वयनमा लैजान नसक्ने चेतावनी दिए ।
दानीले स्थलगत अध्ययनपछि मात्रै भाडा दर समायोजन गर्नु पर्ने जिल्ला कार्यालयलाइ अनुरोध गरेकम छन्।जनआन्दोलन पछि स्थापना गरीएको गोरखा यातायात सरकारले अनिवार्य कम्पनीको नियम अनुसार जानुपर्ने भएपछि गोरखा दरौंदी यातायातका रूपमा काम गरेको हो ।
जिल्लाका करिब ४५ भन्दा धेरै गतब्यमा आफ्नो सञ्जाल कायम गरेको दरौँदी यातायातले भूकम्पपछि निर्माण भएका सडकमा कच्चीकै दरमा भाडा असुल्दै आइरहेका थियो । कम्पनीले हाल गोरखा र जिल्ला बाहिर गरी करिब २६४ वटा बस सञ्चालन गरिरहेको छ ।गोरखाका यातायात व्यवसायीहरूको भनाइ छ, कि नागरिकहरूको सहजको लागि र सुविधायुक्त बनाउन लाइ हामीले पनि लगानी गरेको हो पैसा कमाउन होइन भने बताए ।