२१ असोज काठमाडौँ । नेपाल सरकारले आज आइतबार देखि हिन्दुहरुको चाडपर्वलाई लक्षित गर्दै सस्तो पसल सञ्चालन गर्ने भएको छन् । सबै नागरिकहरुलाई सहजताको लागि काठमाडौँ राजधानी लगायत बाहिरा गरी ८३ स्थानमा ब्रिक्री स्थल सञ्चालन गर्ने बताएकाद छन् ।
खाद्म व्यवस्था तथा व्यापार कम्पनीका अनुसार काठमाडौँ उपत्यका आठ ब्रिक्री केन्द्र र तीन घुम्ती पसलसहित ३५ स्थान र राजधानीबाहिरा ४२ जिल्लाका ४८ थानमा सहुलियतपूर्ण पसल सञ्चालन हुनेछन् । काठमाडौँ उपत्यकाका साथै झापा,ताप्लेजुङ, संखलडुंगा,खोटाङ,संखुवासभा,सोलुखुम्वु,दित्तेल, भोजपुर, ओखलडुगां, सिरहा, जनकपुर,पर्सा, गोरखा,मनाङ, मुस्ताङ, दैलेख, डोल्पा, सुर्खेत, रोल्पा, गुल्मी ,हुम्ला,दाङ, बर्दिया , बाँके, जाजरकोट लगायतका विभिन्न ठाउामा सहुलियत पसल सञ्चालन हुने कम्पनीको भनाई छ ।
खाद्म व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार रुपैयाँ बजेट प्रदान गरेको छ ,भने साल्ट टे«डिङले चिनि प्रतिकेजी ९७ रुपैयाँर दुग्ध विकास सस्थानले घिउमा प्रतिकेजी २० रुपैयाँर पनिरमा प्रति दुई सय ग्राममा २० रुपैयाँ छुट दिने जनाएको छ । सरकारी निकाय साल्ट टे«डिङ र खाद्म व्यवस्था तथा व्यापार कम्पनीले वस्तुमा बढी मुनाफा लिने भएको उपभोत्ताहरुको गुनासो छ ।