Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चितवनको सौराहा क्षेत्रमा जिप सफारी मंगलबारबाट सञ्चालन

चितवनको सौराहा क्षेत्रमा जिप सफारी मंगलबारबाट सञ्चालन

जोईन खबर

२१, आश्विन २०८०
  • 790
    SHARES
  • चितवनको सौराहा क्षेत्रमा  जिप सफारी मंगलबारबाट सञ्चालन

    २१ असोज काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज  सौराहा क्षेत्रको नाका खुला भएको छ। निकुञ्ज प्रवेश गर्ने पाँच नाकामध्ये एउटा नाका खुलेको हो।वर्षात्का कारण गत असारमा बन्द गरिएको जिप सफारी मंगलबारबाट खुला भएको छ। सौराहाबाट ३२ जिपले सफारीको अनुमति पाएका छन्। सौराहाबाट पश्चिम चितवनको टाइगर टप्स होटल नजिक रिउ खोलासम्म बाटो तयार भएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बताउनुभयो ।

    images

    बाँकी पनि क्रमिक रूपमा खुलाउने छौ’, तिवारीले भने, ‘भत्किएका सडक मर्मतसँगै सफारी खुलाउँदै जान्छौं।’ चितवन राष्ट्रिय निकुञ्जको सौराहासहित कसरा, मेघौली, अमलटारी, कुजौली र माडीको नाकामा पनि जिप सफारी खुला गर्ने तयारी गरिएको छ।

    images
    images
    images

    मेघौलीको होटल साराङ स्याङचुरीका सञ्चालक सुबोध प्रधानले जिप सफारी सुरु नहुँदा पर्यटकीय चहलपहल कम हुने बताउनुभयो ।राप्ती र नारायणी नदीमा डुंगा सफारी हुन्छ। सौराहा, पटिहानीको घटगाई, जगतपुर, मेघौलीबाट राप्ती नदीमा र अमलटारीबाट नारायणीमा डुंगा सफारी हुन्छ। डुंगा सफारी ठेक्कामार्फत अनुमति दिइन्छ।

    प्रकाशित मिति :आश्विन २१, २०८० आइतवार - १६:५९:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको