Logo

बिहिवार, कार्तिक १३ गते २०८३

यो सिजनमा नेपाल आउने पर्यटकको संख्या बढेयो

यो सिजनमा नेपाल आउने पर्यटकको संख्या बढेयो

जोईन खबर

२१, आश्विन २०८०
  • 751
    SHARES
  • यो सिजनमा नेपाल आउने पर्यटकको संख्या बढेयो

    २१ असाेज काठमाडाैँ । सिजनमा नेपाल आउने पर्यटकको संख्या बढेको छ। पर्वतीय पर्यटनका लागि उपयुक्त सिजन सुरु भएसँगै अहिले मासिक झन्डै एक लाख हाराहारीमा पर्यटक भित्रिरहेका छन्।नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को नौ महिना (जनवरीदेखि सेप्टेम्बर)सम्म ६ लाख ८५ हजार ७६९ जना पर्यटक भित्रिएका छन्। विशेषगरी अन्य महिनाभन्दा पर्यटकीय सिजनमा पर्यटक आगमन उत्साहजनक रहेको व्यवसायीहरूको भनाई छ । 

    images
    नेपालमा हालसम्म सबैभन्दा धेरै सन् २०१९ मा ११ लाख १९ हजार १९१ जना पर्यटक भित्रिएका थिए। त्यसयता कोभिडका कारण सन् २०२० मा दुई लाख ३० हजार र सन् २०२१ मा डेढ लाख पर्यटक भित्रिएका थिए। कोभिडपछि सन् २०२२ मा भने ६ लाख १४ हजार ८६९ पर्यटक भित्रिएका थिए।

    पर्यटकका लागि सिजन मानिने सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा विशेषगरी पर्यटकहरू हिमाल आरोहणसँगै ट्रेकिङ र ट्राभलका लागि नेपाल आउँछन्। यी सबै गन्तव्यतर्फ अहिले पर्यटकको आगमन उत्साहजनक रहेको व्यवसायीहरूले बताएका छन्।

    images
    images
    images

    मनास्लुका लागि अहिलेसम्म तीन सय एक जनाले अनुमति लिएका हुन्।जसमा दुई सय ३६ जना पुरुष र ६५ जना महिला छन्। यसबाट विभागले डेढ महिनामा मात्र ४४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा निरू शेर्पाका अनुसार कोभिडपछि यसपालि हिमाल आरोहणमा पर्यटकको संख्या उत्साहजनक देखिएको छ। 

    प्रकाशित मिति :आश्विन २१, २०८० आइतवार - १७:२३:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको