Logo

बिहिवार, कार्तिक १३ गते २०८३

याहा मेनुकाहरुको होइन, भेलु बाजे र तेजेन्द्रपरियारहरुको डिमान्ड छ!

याहा मेनुकाहरुको होइन, भेलु बाजे र तेजेन्द्रपरियारहरुको डिमान्ड छ!

जोईन खबर

२२, आश्विन २०८०
  • 1.1K
    SHARES
  • याहा मेनुकाहरुको होइन, भेलु बाजे र तेजेन्द्रपरियारहरुको डिमान्ड छ!

    काठमाडौं । झापाकी मेनुका एक दशकभन्दा बढी समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय छिन् । संगीतमा आफ्नो उज्ज्वल भविष्य बनाउन संघर्षरत छिन् । उनको गायकी कलाको सबैले तारिफ पनि गर्छन् । इन्डियन आइडल को अडिसन राउण्डमा नेपालकी गायिका 'मेनुका पौडेलले' गोल्डेन माइक जितिन् । ‘तुम्हारेविना हमारा कोनो नहीं’ बोलको क्लासिकल भजनमा उनको प्रस्तुति दमदार थियो । त्यसैले त पाइन् जजहरु श्रेया घोसाल, कुमार सानु र विशाल डिडलानीबाट स्टान्डिङ अवेसन । मेनुकाले प्रस्तुति दिइरहँदा गायिका श्रेया भक्कानिइरहेकी थिइन् । सँगसँगै विशालले पनि आँसु रोक्न सकिरहेका थिएनन् । उनले प्रस्तुति सकाएपछि केहीबेरसम्म एक खालको सन्नाटा छाएको थियो । विशालले मेनुकालाई प्रस्तुतिका लागि धन्यवाद दिँदै अबदेखि आफूले गर्ने संगीतहरु मेनुकाकै कारण फरक हुनेसमेत बताए ।

    images

    तर, वर्तमान नेपाली संगीतले मेनुकालाई होइन, भेलु भाजे र तेजेन्द्रपरियार कलौटेहरुलाई खोजिरहेको समय हो यो । कोही मान्छे कुनै अन्टसन्ट र चटक गरेर चर्चामा आउनासाथ छ्यापछ्याप्ती रहेका स्टुडियोहरुमा लतारेर पुयाइन्छन् । बेसुरा गीतहरु गाउन लगाइन्छन् । अटो ट्युनको मद्दतले स्वरहरुलाई मिलाइन्छन् र, संगीतमाथि न्यूनतम ज्ञान नभएका उनीहरु नेपाली संगीतको क्षेत्रमा गायकरगायिकाको अवतारमा पदार्पन हुन्छन् । उनीहरुको गायकी होइन, गायकीमार्फत् उनीहरुले देखाउने मजाक हेर्न भीड जम्मा हुन्छ । स्टेज शो पाउँछन्, सेलिब्रेटी हुन्छन् ।

    images
    images
    images

    प्रकाशित मिति :आश्विन २२, २०८० सोमवार - ०९:२९:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको