२२ असाेज काठमाडाैँ । नेपालका परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले मृत्यु शवलाई फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।
सोमबार विहान परराष्ट्रमन्त्रालयमा बसेको संयन्त्रको बैठकले इजरायली पक्षसँग समन्वय गरी शव फिर्ता ल्याउने निर्णय गरेको हो । बैठकले इजरायलमा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित नेपाल ल्याउने उपाय खोज्ने निर्णय गरेको हाे।
१० मृतकहरुको शव पहिचान गरी छिटो नेपाल ल्याउन एवं घाइतेहरुको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको मन्त्रालयले जनाएको छ ।इजरायलमा आक्रमणमा घाइते परी १० जना नेपालीकाे मृत्यु,६ जना घाइते ,एक जना सम्पर्क विहिन रहेका छन् ।