Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बारपाक सुलिकोट गाउँपालिकाले जेष्ठ नागरिकहरूलाई टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

बारपाक सुलिकोट गाउँपालिकाले जेष्ठ नागरिकहरूलाई टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

जोईन खबर

२२, आश्विन २०८०
  • 658
    SHARES
  • बारपाक सुलिकोट गाउँपालिकाले जेष्ठ नागरिकहरूलाई  टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

    २२ असोज काठमाडौँ ।गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले गाउँपालिका भित्रका सबै वडामा  जेष्ठ नागरिकहरूलाई टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । जेष्ठ नागरिकहरूले  दशैको मुखमा आएर घरमा नैं सामाजिक सुरक्षा भत्ता पाएपछि खुशी भएका छन् ।

    images

    गाउँपालिकाले टाढा टाढा सम्मा हिडडुल गर्ने गारो हुने भएकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गर्दा बुढाबुढीहरू खुशी भएका छन् । यो भन्दा पहिले  बृद्धा भत्ता लिनका लागि बैंकसम्म सकि नसकि पुग्नुपथ्र्यो जेष्ठ नागरिकहरूले  भन्नुभयो, अहिले घरै नजिकको टोल टोलमा आएर बाड्न थालेपछि सजिलो र धेरै खुशी भएको छौ ।

    images
    images
    images

    उहाँहरू भनु हुन्छ,  बिहान देखि बैक गएर लाइन बस्नुपर्दा पनि धेरै  गाह्रो हुन्थ्यो, एक बृद्धाले भन्नुभयो,‘गाडी भाडा खर्च उस्तै हुने,आजभोली त बैंकका कर्मचारी नै टोलटोलमा आएर बाड्छ कति सजिलो भएको छ । गाउँपालिकाले चाडबाड मनाउनका लागि सजिलो होस् भन्ने उद्देस्य सहित चालु आर्थिक बर्षको पहिलो चौमासिक अन्तरगतका सामजिका सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक, असहाय तथा अपांगता भएका व्यक्तिहश्र, एक महिला लगायतका लाभग्राहीलाई वडावडामा पुगेर भत्ता वितरण गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

    र्बैक तथा गाउँपालिकाका कर्मचारीहरु सहितको टोलीले आइतबार गाउँपालिकाको वडा नम्बर ४ स्थित रन्चोक, सिम्बु र बर्दी डाँडामा सामाजिक सुरक्षा भत्ता वितरण गरेको उहाँले बताउनुभयो । गाउँपालिकाले वडा भित्र पाएक पर्ने स्थानमा केन्द्र बनाएर सामाजिक सुरक्षा भत्ता वितरणको गर्न सुरु गरेको अध्यक्ष भट्टले बताउनुभयो । गाउँपालिकाले बैंकसंग सहमति गरी वडा र टोलटोलमा पुगेर सामजिक सुरक्षा भत्ता वितरण गर्दै आएको हाे ।

    प्रकाशित मिति :आश्विन २२, २०८० सोमवार - १५:१६:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको