Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बसपार्कमा अग्रिम टिकट काट्नेको भीड

बसपार्कमा अग्रिम टिकट काट्नेको भीड

जोईन खबर

२२, आश्विन २०८०
  • 775
    SHARES
  • बसपार्कमा अग्रिम टिकट काट्नेको भीड
    २२ असाेज काठमाडाैँ ।काठमाडाैँमा दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुलेको छ। यसपालि गाडी भाडा नबढाएरै बुकिङ खुला गर्ने सहमतिअनुसार आजदेखि लामो दूरीको गन्तव्यका लागि अग्रिम टिकट खुला भएको हो।
     
    काठमाडौंबाट पूर्व र पश्चिम जाने लामो दुरीका सवारी साधनका लागि दसैंअघि नै टिकट बुकिङ खुलाइन्छ। अग्रिम टिकट खुलेको पहिलो दिन नै बसपार्कमा टिकट काट्नेको भीड लागेको छ।
     
    आज बिहानै सयौंको संख्यामा मानिसहरू बसपार्कमा अग्रिम टिकट लिने लाइनमा छन्। भीड व्यवस्थापन गर्न समितिलाई हम्मेहम्मे परेको छ। टिकट लिएका मानिसहरू दसैं दंग देखिन्छन्।
     
     
     
     
     
     

    प्रकाशित मिति :आश्विन २२, २०८० सोमवार - १७:४५:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको