२३ असोज काठमाडौँ । सुनको भाउ लगातार बढिरहेको छ ।तोलामा तीन सय रुपैयाँले बढेर सुन आज एक लाख ८ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घको जनाएको छ ।आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेको छ ।चाँदी आज तोला एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।