२३ असाेज काठमाडाैँ । काठमाडौँको नयाँबसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले दसैँ, पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका हुन् ।सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो।पहिलो दिन सोमबारमात्र २४ हजार तीन सय ४० यात्रुले टिकट लिएको बर्ताइएको छ ।
नयाँबसपार्कमा आएर लाइन लागेर नयाँबसपार्कबाट ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत हुँदै आएका छन्।सरकारले सोमबारदेखि लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनलाई लक्ष्य गरी अग्रिम टिकट खुलाए पनि छोटो दूरीमा जाने सवारी साधनका लागि भने घटस्थापनादेखि खुलाउने तयारी गरेको छ।