Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री दाहालले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न

प्रधानमन्त्री दाहालले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न

जोईन खबर

२३, आश्विन २०८०
  • 718
    SHARES
  • प्रधानमन्त्री दाहालले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न

    २३ असाेज काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न बताएका छन्।उनले समावेशी एवं समतामूलक समाज निर्माणका लागि मानसिक बिरामीमाथि लाञ्छना र भेदभाव गर्न नहुने समेत बताए।

    images

    विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री दाहालले मानसिक रोग पनि अन्य शारीरिक रोग जस्तै मानेर बिरामीलाई भेदभाव नगरी खुलेर कुरा गर्न सक्ने वातावरण मिलाउनुपर्ने दायित्व सबैको भएको बताए।

    images
    images
    images

    उनले भने, ‘हामीले मानसिक रोग शारीरिक रोगहरू जस्तै हो भनी बुझ्नुपर्छ। त्यसैले, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई भेदभाव नगरौँ, हुन नदिऔँ।’ उनले नेपालमा दसमध्ये एक जना मानसिक समस्यासँग बाँचिरहेका र दैनिक १९ जनाले ज्यान गुमाउने गरेको अवस्थाप्रति चिन्ता व्यक्त गरे।

    उनले भने मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सन्तुलित आहार प्रयोग, पर्याप्त निन्द्रा, दैनिक व्यायाम र दुःखमा साथी, सहकर्मी र आफन्तको सहयोग लिने र दिने बानीको विकास गर्नसमेत आग्रह गरेका छन् ।

    प्रकाशित मिति :आश्विन २३, २०८० मंगलवार - १६:५७:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको