२४ असाेज काठमाडाैँ । गोरखाको बारपाक र लाप्राक जोड्ने मुख्य सडकखण्ड बर्षा सुरु भएदेखि नै पहिराले अबरुद्ध भएको छ ।उक्त सडक अझैसम्म पनि नबनेकाे हुदा सडक अबरुद्ध भएकाे बताएका छन् । अहीले लाप्राकमा दैनिक उपभोग्य सामग्री पु¥याउन समेत समस्या भएकाे स्थानीयबासीहरुकाे भनाइ छ । सडकमा गाडी चल्न नसकेको तीन महिना भइसक्दा पनि अझै अबरुद्ध सडक खुलाउने सुरसार देखिदैन, लाप्राकका स्थानीयबासी विरबल गुरुङले भन्नुभयो, ‘‘चाडवाडका बेलामा समेत भारी बोकेर खाद्य सामग्री लैजानु पर्ने बाध्यता लाप्राकबासीको छ ।
बारपाक–लाप्राक सडकखण्ड २०७७ जेठ ९ गते ठेक्का सम्झौता गरी सडक स्तरोन्नतीको काम सुरु भएको थियो । ठेक्का सम्झौता भएको झण्डै ४१ महिना भइसक्दा समेत स्तरोन्नतीको काम सम्पन्न हुन सकेको छैन । पूर्वाधार बिकास कार्यालय गोरखाले २०७९ जेठसम्ममा सडक स्तरोन्नतीको काम सम्पन्न गर्ने गरि शर्मा÷विक्वी जेभीसंग ठेक्का सम्झौता गरेको थियो ।
उक्त सडकको३४ करोड १५ लाख ७१ हजार १ सय ९८ रुपैयामा ठेक्का सम्झौता भए पनि भौतिक प्रगती अहिलेसम्म ५२ प्रतिसत मात्र रहेको कार्यालयका प्रमुख गणेश सुवेदीले जानकारी दिनुभयो । यस कार्यालयले गएको जेठ २२ गते भित्रका काम सम्पन्न गर्ने म्याद थप गरेको थियो ।
थपिएको म्याद सकिएको ४ महिना भइसक्दा पनि सडक स्तरोन्नतीको काम भने अझै अलपत्र रहेको छ । ठेकेदार कम्पनीले सुस्त गतिमा काम गरेका कारण सम्झौता अवधी भित्र काम सम्पन्न हुन नसकेको प्रमुख सुवेदीले बताउनुभयो ।ठेकेदार कम्पनीले सम्झौता गर्दा सडक ग्राबेल गर्ने, चौडा बढाउने, ग्रेडिङ मिलाउने, नाला बनाउने भनिएकाे थियाे ।
लाप्राक सडक खण्डमा दुर्गम ठाउँ भएको, चिसोको समयमा हिउँ पर्ने, वर्षातका बेला निर्माण सामग्री लैजान नसिएकाे कारणले काम ढिलाई हुँदै गएकाे ठेकेदार कम्पनीले बताएकाे छ । समयमै सडक स्तरोन्नति नहुदाँ लाप्राक, गुम्दासम्म खाद्यान्न पु¥याउन, बिरामी ल्याउन लैजान कठिनाई भोग्नु परेको छ । एनआरएनएले गुप्सीपाखमा निर्माण गरेको सुन्दर एकिकृत नुमनाबस्ती हेर्न पुग्ने पर्यटकिय समेत सडक यात्र सहज नहुदा बारपाकबाटै फर्कने गरेकाे पाइएकाे हाे ।