२४ असाेज काठमाडाैँ । गोरखाको सहिद लखन गाउँपालिकाले गाउँपालिका पालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई घर–घरमा पुगेर अपाङ्गता परिचयपत्र वितरण गर्न सुरु गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुलाइ घर घरमै पुगेर परिचयपत्र वितरण गर्न सुरु गरेको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिनुभयो ।
कति पए अपाङ्गता भएका व्यक्तिहरु कार्यालयमा आउन नसक्दा परिचय बनाउन समेत नसक्ने र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नबाट पनि बन्चित हुनुपर्ने भएकाले गाउँपालिकाले उनिहरुको घरसम्म पुगेर परिचयपत्र वितरण गर्दै आएको उहाँले बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिहरु कोही पनि राज्यले प्रदान गर्ने सेवा सुबिधाबाट बन्चित हुन नपरोस् भन्ने उद्देस्य गाउँपालिकाको रहेको छ, उपाध्यक्ष तिवारीले भन्नुभयो,घरमै पुगेर परिचयपत्र वितरण भएपछि लाभग्राही खुशी मात्र भएका छैन्न उनिहरुले स्थानीय सरकार भएको राम्रो अनुभूति पनि गर्न पाएका छन् ।’’
पालिका भित्र सबै वडाहरुमा पुगेर अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गर्दै आएको उहाँको भनाई छ । गाउँपालिकाले मंगलवार वडा नम्बर ४ मा ‘ख’ बर्गका एकजना, ‘ग’ बर्गका दुईजना, वडा नम्बर ५ मा ‘क’ बर्गका २ जना, ‘ग’ बर्गका २ जना र ‘ख’ बर्गका ३ जना गरी १० जनालाई परिचय वितरण गरेको हो ।
गाउँपालिकाले वडा कार्यालय मार्फत पालिका भित्रका रहेका प्रत्येक वडाका अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क संकलन गरेको र सोही तथ्याङ्क अनुसार वडा कार्यालयको सिफारिस र मेडिकल रिर्पोट समेतका आधारमा परिचय वितरण गर्दै आएको उपाध्यक्ष तिवारीले बताउनुभयो ।
उपाध्यक्ष इन्दिरा तिवारीको संयोजकत्वमा रहेको परिचय पत्र वितरण गर्ने टोलीमा पालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठ सहित डा. आयुस भण्डारी लगायत पालिकाका अन्य कर्मचारीहरुको संलग्न समेत सहभागी छन् ।स्थानीय सरकारले सेवा घरघरमा पुगेर सेवा दिएपछि आफुहरुले धेरै ख्रशी लागेकाे सेवाग्राहीले बताएका छन् ।