Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रदेशका मुख्यमन्त्री पाण्डे र जापानी राजदूत किकुता युताका विच भेटवार्ता

प्रदेशका मुख्यमन्त्री पाण्डे र जापानी राजदूत किकुता युताका विच भेटवार्ता

जोईन खबर

२४, आश्विन २०८०
  • 748
    SHARES
  • प्रदेशका मुख्यमन्त्री पाण्डे र जापानी राजदूत किकुता युताका विच भेटवार्ता

    २४ असोज काठमाडौँख ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र जापानी राजदूत किकुता युताका  विच  आज भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार भएको भेटमा मुख्यमन्त्री पाण्डेले नेपाल र जापानको लामो समयदेखि मित्रवत सम्बन्ध रहेको बताए ।

    images

    गोरखा केन्द्रविन्दु भएर २०७२ सालमा गएको भुकम्पपछिको पुन निर्माण, विद्यालय निर्माण लगायतका काममा जापान सरकारले गरेको सहयोग स्मरण गर्दै मुख्यमन्त्री पाण्डेले भने ‘स्वास्थ्य, शिक्षा, पूर्वाधारको क्षेत्रमा सहकार्यको अपेक्षा छ ।जापान सरकार र मातहतका दातृसंस्थाले स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको बताउँदै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको ‘हर्ट हस्पिटल’ बनाउने योजनामा सहकार्य आवश्यक रहेको बताए ।

    images
    images
    images

    गण्डकी प्रदेशका केही जिल्लाहरु निकै दुर्गम रहेकाले त्यहाँ पूर्वाधार निर्माणमा सहयोगको जरुरी रहेको उनले बताए । प्रदेशसँगको स्रोत साधनले मात्रै सबै काम गर्न संभव नभएको र भौगौलिक विकटतालेपनि पूर्वाधार निर्माण खर्चिलो भएको उनले बताए । ‘बिभिन्न देश र दातृ निकायहरुको सहकार्यमा प्रदेशभित्र सबै ठाउँमा विकासको गती सँगसँगै लैजानुपर्नेछ’ मुख्यमन्त्री पाण्डेले भने ‘हामी सबै देश र दातृ निकाय सँगको सुमधुर सम्बन्धमा गण्डकी प्रदेशको विकास चाहान्छौँ ।


    नेपालका लागि जापानी राजदूत किकुता युताकाले नेपाल एक सुन्दर देश र गण्डकी प्रदेश अझै सुन्दर रहेको बताए । जापान सरकार र अन्र्तगतका दातृनिकायले निरन्तर नेपालमा गर्दै आएको सहयोग निरन्तरता पाउने बताउँदै उनले गण्डकी प्रदेश सरकारसँगपनि सहकार्य हुने विश्वास ब्यक्त गरे । जापान सरकारलेपनि नेपालसँग दिगो संम्बन्ध राख्न चाहेको उनले बताए ।

    प्रकाशित मिति :आश्विन २४, २०८० बुधवार - १५:३७:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको