Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सरकारबाट कैद माफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनःथुनामा राख्न माग प्रदर्शन गर्दै उत्रिए

सरकारबाट कैद माफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनःथुनामा राख्न माग प्रदर्शन गर्दै उत्रिए

जोईन खबर

२४, आश्विन २०८०
  • 739
    SHARES
  • सरकारबाट कैद माफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनःथुनामा राख्न माग प्रदर्शन गर्दै  उत्रिए

    २४ असाेज काठमाडाैँ । संविधान दिवसको अवसरमा सरकारबाट कैद माफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै महिला अधिकारकर्मीहरू प्रदर्शनमा उत्रिएका छन्।महिला अधिकारकर्मीहरूले कैद माफी फिर्ता गरी उक्त ब्यक्तिलाइ जेल चलान गर्न माग गर्दै काठमाडौँको माइतीघरबाट प्रदर्शन सुरू गरेका हुन्।

    images

    महिला अधिकारकर्मी अञ्जु केसी श्रेष्ठले यो घटना संविधानको धज्जी उडाएकाले आफूहरू प्रदर्शनमा उत्रिनु परेको बताइन् । मृतककी पत्नी भारती मानन्धर माइतीघरमा अनसनरत छिन्। नेपालगञ्जका चेतन मानन्धरको हत्या आरोपमा रिगल अदालतबाट दोषी ठहर भइ जेल परेका थिए ।

    images
    images
    images

    रिगललाई रिहा गरेको बारेमा परेको मुद्दामा सर्वोच्च अदालतले सरकार र राष्ट्रपति कार्यालयको नाममा समेत कारण देखाउ आदेश जारी गरिसकेको छ ।खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका रिगललाई सरकारले संविधान दिवसको अवसर पारेर कैद मिनाह गरेको थिए ।

     

    प्रकाशित मिति :आश्विन २४, २०८० बुधवार - १६:४५:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको