२५ असोज काठमाडौँ । इजरायलवाट नेपाल फर्कन चाहेकानेपाली विद्यार्थीलाई आज ल्याउने भएका हो । प्यालेस्टाइनी हमासले गरेको आक्रमण पछि इजरायलवाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका हुन ।
सरकारले इजरायलबाट फर्किने चाहने नेपालीलाई फिर्ता ल्याउन परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा गएराती २:३० बजे नेपाल एयरलाइन्सको विमान इजरायलतर्फ पठाएको छ ।
इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज गएराति त्यसतर्फ प्रस्थान गरेको थियो, आज इजरायलबाट नेपाली बिद्यार्थीसहित युद्धमा घाइतेहरुलाई नेपाल ल्याउँदैछ ।
बिमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । मन्त्रालयका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थीलाई नेपाल ल्याउन लागिएको हो ।