२५ असोज काठमाडौँ । काठमाडौँको ग्वार्को बाफलमा अर्काको शरीरमा पेट्रोल छर्की आगो लगाइ फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्। बाफलमा एसबी ह्याण्ड ग्राफीमा काम गर्ने २४ वर्षीय अरुण विश्वकर्मालाई पेट्रोल छर्किएर आगो लगाइ भागेका २६ वर्षीय सुवास बिक लाई प्रहरीले आज पक्राउ गरीएको हो ।
उनलाइ यही असोज २२ गते सोमबार दिउँसो साढे १ बजे पर्सा घर भएका अरुणलाई काम गर्ने ठाउँ एसबी ह्याण्ड ग्राफी कम्पनी भित्र नै शरीरमा पेट्रोल छर्की आगो लगाएकाे हाे । अरुण सँगै रहेका अन्य २ जनासमेत गरी ३ जना घाइते भएका थिए। उनीहरुको कीर्तिपुर बर्निङ्ग अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले सुवास बिकलाई सोमबार बिहान लगभग साढे ९ बजे सुन्धाराबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रेग्मीले बताएका छन् । घटनाकाे थप अनुसन्धान हुदै छ ।