Logo

बिहिवार, कार्तिक १३ गते २०८३

क्युआर मार्फत दसैँलाई केन्द्रित गर्दै नेपाली नोट सटही सेवा सञ्चालन

क्युआर मार्फत दसैँलाई केन्द्रित गर्दै नेपाली नोट सटही सेवा सञ्चालन

जोईन खबर

२५, आश्विन २०८०
  • 781
    SHARES
  • क्युआर मार्फत दसैँलाई केन्द्रित गर्दै नेपाली नोट सटही सेवा सञ्चालन

    २५ असाेज काठमाडाैँ । नेपालीहरूको महान् चाडदसैँलाई केन्द्रित गरी नेपाली नोट सटही गर्न चाहने सेवाग्राहीहरू सहज  हुने गरी डिजिटल भुक्तानी सेवालाई प्रथामिकता दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा क्यु आर.कोड सेवा सञ्चालनमा ल्याउने निर्णय भएकाे हाे । 

    images

    याे सेवा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्यज्यू एवं माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रूपमा हस्ताक्षर गरी सुरुवात गरेको हो ।

    images
    images
    images

    उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा नयाँ नेपाली नोट सटही लिन आउने सेवाग्राहीहरूले क्युआरमार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन् ।यस बाट सेवाग्राहीहरूको काम छिटोछरितो हुन र नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ । बैंकले नगदरहित बैकिङलाई बढावा दिँदै पहिलो डिजिटल बैंकका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको छ ।

     

    प्रकाशित मिति :आश्विन २५, २०८० बिहिवार - ११:१४:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको