Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शनिबार बनस्थली खरिबोटमा रक्तदान र ॲाखा शिबिर हुदैं

शनिबार बनस्थली खरिबोटमा रक्तदान र ॲाखा शिबिर हुदैं

जोईन खबर

२५, आश्विन २०८०
  • 1.2K
    SHARES
  • शनिबार बनस्थली खरिबोटमा रक्तदान र ॲाखा शिबिर हुदैं

    २५ असोज काठमाडौँ । काठमाडौँमा गोरखा ताकुकोट सेवा समाज काठमाडौँको आठौँ बार्षिक साधारणसभाको पावन अवसरमा रक्तदान तथा आँखा शिविर,मोति विन्दुको अप्रेसन हुने भएको छ। उक्त कार्यक्रम लायन्स क्लव अफ काठमाडौं ब्लड सर्कलको सहयोगमा रक्तदान कार्यक्रमसँगै मातृका आँखा सेन्टरको सहकार्यमा निशुल्क आँखा शिविर मोतिविन्दु अप्रेसन पनि गरीने छ ।

    images

    यस कार्यक्रममा लायन्स क्लव अफ काठमाडौं ब्लड सर्कलले "रगत सबैका लागि जीवनदान" भन्ने नाराका साथमा उक्त कार्यक्रम काठमाडौको खरिबोट मदर्स पार्टी प्यालेसमा आयोजना गर्न लागिएको हो । सो कार्यक्रम असोज २७ गते शनिवार हुने गोरखा ताकुकोट सेवा समाजका कार्य समिति सदस्य मदन कुमार जोशीले जानकारी दिनुभएको छ । उक्त रक्तदान तथा आँखा शिविर र आँखाको मोती विन्दुको पनि अप्रेसन गर्ने सदस्य जोशीले बताएका छन् ।

    images
    images
    images

    गोरखा ताकुकोट सेवा समाजका सचिव धिरज उपरकोटीका अनुसार असोज २७ गते आयोजना हुने कार्यक्रम रक्तदान तथा आँखा शिविर, आँखा अप्रेसन कार्यक्रम सबै सदस्य लगायत कर्मचारी, व्यवसायी,बुद्वजिवी,अभिकर्ता,समाज सेवी, स्थानीयवासी सहभागी भई सबैलाई रक्तदान गरी सहयोग गर्न आग्रह गर्नुभएको छ। रक्तदान तथा आँखा शिविरका संयोजक मदन कुमार जोशीले काठमाडौँ गोरखा ताकुकोट सेवा समाज काठमाडौको रक्तदान दोस्रो पटक हो भने,आँखा शिविर भन्ने पहिलो पटक आयोजन हुन् लागेका हो ।आँखा शिविर मोती विन्दु अप्रेसन समेत हुदा संस्थाका आजिवन सदस्य तथा अन्य नागरिकहरु पनि उत्साहित रहेको पाइएको छ ।

    संस्थाका महासचिव राजन बाबु श्रेष्ठका अनुसार आजिवन सदस्यहरुलाइ संस्थामा भएको खर्च विवरण सार्वजानिक तथा हिन्दुहरुको माहान पर्व बडादेशैँ, तिहार, छठ पर्वलाई विशेष मानी शुभकामना आदन प्रदान तथा चियापान कार्य, सामाजिक व्यक्तित्वहरुको सम्मान, एसीईमा बारपाक सुलिकोटबाट उत्कृट बिद्मार्थीहरुको सम्मान,संस्थाका नाम बाट स्मारीका वितरण समेतको कार्यक्रम गरीने भएको बताउनु भयो । यस कार्यक्रमका प्रमुख अतिथिमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ द्वारा उद्वघाटन गरिने महासचिवको भनाई छ ।

    प्रकाशित मिति :आश्विन २५, २०८० बिहिवार - १६:२५:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको