Logo

बिहिवार, कार्तिक १३ गते २०८३

इजरायलको द्वन्द्वग्रस्त परेका नेपाली विद्यार्थीहरु शुक्रबार बिहान २ः४० बजे काठमाडौं आइपुगे

इजरायलको द्वन्द्वग्रस्त परेका नेपाली विद्यार्थीहरु शुक्रबार बिहान २ः४० बजे काठमाडौं आइपुगे

जोईन खबर

२६, आश्विन २०८०
  • 823
    SHARES
  • इजरायलको द्वन्द्वग्रस्त परेका नेपाली विद्यार्थीहरु शुक्रबार बिहान २ः४० बजे काठमाडौं आइपुगे

    २६ असाेज काठमाडाैँ । इजरायलको द्वन्द्वग्रस्त बाट उद्धार गरिएका नेपाली विद्यार्थीहरु शुक्रबार बिहान २ः४० बजे काठमाडौं आइपुगेका हुन् । इजरायल-हमासको द्वन्द्वपछिका चार दिन निकै कष्टपूर्ण रुपमा बितेको बताएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रामपुर क्याम्पस चितवनका विद्यार्थी रिजवान शाहीले आतंकवादी आउँदा नेपाली नेपाली साथीहरुले  हामी नेपाली हौं भनिरहे पनि गोली चलाएको बताए ।

    images

    उनका अनुसार पहिले पनि नियमितजसो मिसायल पड्किएको आवाज सुनिरहन्थ्यो, तर यसपटक आतंकवादीहरु छिरेर आक्रमण गरेको उनले बताए । हमासका आक्रमणकारीहरु मोबाइल गेम पब्जीमा जसरी प्यारसुटबाट हाम फालेर आएको उनले बताए ।

    images
    images
    images

    उद्धार उडानमार्फत आएकी सिराहाकी शोभा पासवानले अकल्पनीय परिस्थितिको सामना गर्नुपरेको बताइन् । ‘नेपाल आएपछि वाल वाल बचेर आयौं भन्ने भयो, ल्याण्ड हुने बित्तिकै हल्ला गरेर ताली बजायौं’, उनले सुनाइन्, ‘तर, दुःखचाहिँ इजरायलमा अरु साथीहरु मारिएकोमा छ, अझै एकजना साथी बेपत्ता भएको खबर उनले बताएका छन् ।

     

     

    प्रकाशित मिति :आश्विन २६, २०८० शुक्रवार - १०:२०:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको