Logo

बिहिवार, कार्तिक १३ गते २०८३

इजरायलको आक्रमणमा घाइते भएका चौधरी नेपालमा : साथी गुमाउदाको पिडा छुट्टै छ

इजरायलको आक्रमणमा घाइते भएका चौधरी नेपालमा : साथी गुमाउदाको पिडा छुट्टै छ

जोईन खबर

२६, आश्विन २०८०
  • 772
    SHARES
  • इजरायलको आक्रमणमा  घाइते भएका  चौधरी नेपालमा : साथी गुमाउदाको पिडा छुट्टै छ

    २६ असोज काठमाडौँ । हमास समूहले गत शनिबार इजरायलमा गरेको आक्रमणमा घाइते भएका कैलालीका धनबहादुर चौधरी नेपाल आइपुगेका छन् । उनी हिनो मात्र नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

    images

    आक्रमणमा उनको  खुट्टामा गोली लागेसँगै स्थानीय अस्पतालमा उपचार गरि डिस्चार्ज भएपछि  चार्टर विमानमार्फत नेपाल फर्किएका हुन् । उनी अझै  हिँड्नसक्ने भने भइसकेका छैन । विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले घटनामा बाँचेर फर्किएको बताए । उक्त घटनामा १० जना नेपाली विद्यार्थीको हमास समूहको आक्रमणमा ज्यान गुमाएका छन् ।

    images
    images
    images

    यस घटनामा चार जना  घाइतेमध्ये  एक जना डिस्चार्ज  भएर नेपाल आएका छन्, अर्को एक नेपाली पनि डिस्चार्ज भएका छन् भने  दुई जनाको उपचार जारी रहेको परराष्ट्रमन्त्री एनपी साउदले बताउनु भयो । 

    प्रकाशित मिति :आश्विन २६, २०८० शुक्रवार - ११:२२:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको