२६ असाेज काठमाडाैँ । इजरायलमा सम्पर्कविहीन विपिनकाे खाेजि जारी गर्ने स्वदेश फर्किन २०० जना नेपालीले निवेदन दिएका छन् । इजरायलकाे तेल अबिबस्थित नेपाली दूतावासले २०० नेपालीले निवेदन दिएको जानकारी दिएको छ ।इजरायल(प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागेको थियो ।नेपालीको विवरण प्राप्त भइराखेको दूतावासले जनाएको छ ।
शुक्रबार बिहानमात्रै पहिलो चरणमा १५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी नेपाली ल्याइएको छ ।इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।सम्पर्कविहीन भएका विद्यार्थी विपिन जोशीको पनि जोजी कार्य तीव्र पारिएको र मृतकको शव नेपाल पठाउन पहल भइरहेको दूतावासले जानकारी गराएको छ ।
चार जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।घाइतेमध्ये एक जना नेपाल फर्किसकेका छन् । अरु तीन जनाको इजरायलमै उपचार भैराखेको छ । थप एक जना डिस्चार्जको क्रममा रहेको र दुई जनाको उपचार जारी रहेको दूतावासले जनाएको छ ।