२६ असाेज काठमाडाैँ । गोरखाले जिल्ला भित्र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भातृसंगठन योङ कम्युनिष्ट लिग वाइसीएलले पाँच हजार भन्दा बढी संगठित सदस्य बनाउने घोषणा गरेको हाे । गोरखा जिल्लामा बिहिबार बसेको बिस्तारित बैठकले वाइसीएलको सदस्यता विस्तारलाई ध्यान दिएर संगठन बनाएर लैजाने निर्णय गरेको जिल्ला संयोजक सागर श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा जिल्ला भित्रका सवै वडा पालिका नगरपालिकालाइ भएका युवाहरुलाई केन्द्रित गर्ने निर्णय गरेको हो । बैठकले जिल्लभर सञ्चालन भइरहेको माओवादी विशेष रुपान्तरण अभियानलाई थप प्रभावकारी बनाउन संक्रिय सहयोग गर्दै अभियानसंग जोडिएर सवै पालिकाहरुमा श्रमदान कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाको प्रमुख आतिथ्यतमा भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज दीपक कोइराला, केन्द्रीय सदस्य कमला नहर्की, प्रदेश समितिका सदस्य अकुर तिमल्सिना, गोरखा नगरपालिकाका नगरप्रमख कृष्णबहादुर रानामगर, अखिल क्रान्तिकारीका गण्डकी प्रदेशका सचिव रामकृष्ण भट्ट लगायतका सहभागिता भएका थिए ।
स्थानीय स्तरमा भेला, सम्मेलन सम्पन्न गर्ने, नेपालीहरुको सामाजिक पर्व दशै, तिहार, छठ लगायतका पर्वको अवसरमा स्थानीयस्तरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय बैठकले गरेको संयोजक श्रेष्ठले बताउनुभयो । संगठनको पहलमा जिल्ला भित्रका ४५ वटा अस्थायी रुटमा समायोजन भएको भाडादर तत्काल कार्यान्व्यन गराउन प्रशासनलाई दबाब दिने निर्णय पनि भएकाे छ ।