Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा बगुवा बिश्वकर्मा समाजद्वारा शाखा अधिकृत किशोर बिकलाई सम्मान

गोरखा बगुवा बिश्वकर्मा समाजद्वारा शाखा अधिकृत किशोर बिकलाई सम्मान

जोईन खबर

२७, आश्विन २०८०
  • 847
    SHARES
  • गोरखा बगुवा बिश्वकर्मा समाजद्वारा शाखा अधिकृत किशोर बिकलाई सम्मान

    २७ असाेज काठमाडाैँ । गोरखा बगुवा बिश्वकर्मा समाजद्वारा शाखा अधिकृत किशोर बिकलाई सम्मान गरिएको छ । शनिबार काठमाडौको रानिबनमा आयोजना गरिएको कार्यक्रममा बिश्वकर्मा समाजद्वारा बिकलाई सम्मान गरिएको हो । सस्थाका अध्यक्ष लक्ष्मण बिकले खादा लगाएर सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।

    images

    उक्त सम्मानित कशाेर बिकले सार्वजनिक सेवाको समयमा राज्यप्रती, समाजप्रती नागरिकप्रती इमानदार र बफादार जिम्मेवारी तथा उत्तरदायी भई सेवाभावले सेवा गर्ने प्रतिबद्धता ब्यक्त गरे । किशोर बिक ०७३ देखि ०७५ सम्म सार्वजनिक सेवामा विद्युत प्राधिकरणको चौथो तहमा प्रवेश गरी ०७५ देखि २०८० सम्म नेपाल सरकारको खरीदार पदमा निजामती सेवामा रही हाल लोकसेवा आयोगको परिक्षामा शाखा अधिकृत पदमा सिफारिस भएका छन् ।

    images
    images
    images

    सूक्ष्मजीव शास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरी कानुनमा स्नातक गर्दै गरेका किशोर बिक गोरखा भिमसेन थापा वडा नम्बर ५ का प्रशासन तर्फका पहिलो शाखा अधिकृत हुन् ।दलित समुदायका निम्न आर्थिक परिवारका बिकले विभिन्न प्रकारका समस्या बाबजुद पनि आफ्नो पढाईलाई निरन्तर दिई मेहनत र लगनशिलतालाई आत्मासाथ गरि यो सफलता प्राप्त गरेका हुन् । उक्त कार्यक्रममा शेयर सदस्यहरुलाई बार्षिक रुपमा प्राप्त हुने बोनस समेत वितरण गरिएको थियो ।

     

     
     

    प्रकाशित मिति :आश्विन २७, २०८० शनिवार - १९:०६:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको