Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गृहमन्त्री श्रेष्ठको  प्रमुख अतिथिमा गोरखा ताकुकोट सेवा समाज काठमाडौंको आठौँ बार्षिक साधारण र स्वास्थ्य शिविर, सम्मानित आयोजन सम्पन्न

गृहमन्त्री श्रेष्ठको  प्रमुख अतिथिमा गोरखा ताकुकोट सेवा समाज काठमाडौंको आठौँ बार्षिक साधारण र स्वास्थ्य शिविर, सम्मानित आयोजन सम्पन्न

जोईन खबर

२७, आश्विन २०८०
  • 1.1K
    SHARES
  • गृहमन्त्री श्रेष्ठको  प्रमुख अतिथिमा गोरखा ताकुकोट सेवा समाज काठमाडौंको आठौँ  बार्षिक साधारण र स्वास्थ्य शिविर, सम्मानित आयोजन सम्पन्न

    २७ असोज काठमाडौँ ।आज बनस्थली खरिबोट मदर्श बैंककेट काठमाडौंमा उपाप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ  ज्यूको प्रमुख आतिथ्यमा खरिबोटमदर्श बैंककेटमा  गोरखा ताकुकोट सेवा समाज काठमाडौंले सामाजिक क्षेत्र मा ४ दशक देखि  महिलाहरूको उत्कृष्ट कार्य योगदान गर्दै  वि स २०४० साल देखि महिला जागरण अभियान अन्तर्गत समाजिक ब्याक्तित्व सामाज बाट पछि परेका महिला दिदी बहिनी हरूलाई एकबद्धता आफनो अधिकार  र सशक्तिकरण अभियान महिला समूह  गठन गराई बचत तथा  ऋण सहकारीको स्थापन गर्नु भएको थियो ।

    images

    साथै  महिला शिक्षा तथा आय आर्जन लगायतका आदि सामाजिक अभियानमा ४ दशक देखी  नेतृत्वदायी भुमिका निर्वाह गर्दै गोरखा जिल्लामा जेष्ठ नागरिक समाज  गोरखाको अध्यक्ष भई सामाजिक कार्य  गर्दै आउनु भएको आदरणीय ब्याीक्तत्व बारपाक सुलिकोट गाउँपालिका वडा  न ५ निवासी दुर्गा गुरुङ ज्यूलाई आज गोरखा ताकुकोट सेवा समाज काठमाडौं द्वारा आयोजित कार्यक्रममा  प्रमुख अतिथि नेपाल सरकारका उपाप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ज्यूको हातबाट सम्मान सहित दोसला  ओडाएर सम्मान गरिएको छ । गोरखा बारपाक  सुलिकोट गाउपालिका भित्र रहेका स्कूलहरु श्री सूर्यज्योती मा बि बाट  उत्कृष्ट अकं ल्याउने सज्ञाय श्रेष्ठ र ताकुकोट वडा न ६  माईकोट मा बि बाट उत्कृष्ट अकं ल्याउने अनिसा बराम, अन्य बिधार्थीहरूलाई र आजीवन सदस्यका छोरा छोरी मध्य धेरै अकं ल्याउनेहरूलाई नगद सहित सम्मान गरिएको संस्थाका कार्यसमिति सचिव धिरज उपरकोटीले जानकारी दिनुभयो ।

    images
    images
    images

    गोरखाताकुकोट सेवा समाज काठमाडौंको स्मारिका बिमोचन तथा रक्तदान कार्यक्रम निशुल्क स्वास्थ्य शिवीर आँखा चेकजाँच मोतिबीन्दुको अप्रेसन आजीवन सदस्यहरूको प्रमाण पत्र प्रदान र सांस्कृतिक कार्यक्रम सम्पन्न् गरिएको थियो । उक्त कार्यक्रमा प्रमुख अतिथी उपाप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले  गोरखा ताकुकोट सेवा समाज काठमाडौंले गोरखा जिल्लाको नमुनाको रूपामा स्थापना भएको र यस संस्थामा राम्रो र नेपालमा केही गर्नेु पर्छ, भन्ने युवाहरू रहेको सामाजिक नेतृत्व गर्ने र समाजमा राम्रो सन्देश राम्रो कार्य गर्दैजानु भनेर शुभकामना पनि  ब्यक्त गर्नु भएको थियो । सरकार लाई पनि सुशासन कायम गर्न सहयोग गर्न आवाहन गर्नु भएको छ । 

    गोरखा ताकुकोट सेवा समाज काठमाडौंले आज गरेका आठौँ बषर्को स्थापना दिवस २०७२ सालमा संस्थाको स्थापना भएको थियो । गोरखा ताकुकोट बाट काठमाडौं आएर बसोबास गर्ने युवा तथा बुद्धिजीवी सबै मिलेर भूकम्प पछि वि स  २०७२ सालको बिनासकारी भुकम्पले गोरखा बारपाक केन्द्र बिन्दु भएर गएको भुकम्पले तहसनहस बनाए पछि गोरखा ताकुकोट युवाहरुले त्यसपछी केही गरौ  आफ्नो जन्मभूमिलाई भन्ने उदेश्यले  स्थापनना भएको गोरखा ताकुकोट सेवा समाज स्थापन गर्नको लागि ताकुकोट बाट काठमाडौँ आई बसोवास गर्ने विभिन्न पेसा ब्यवसायी र अध्ययन गर्नेहरूको उपस्थितमा आफ्नो ठाउँ लाई केही गर्ने उदेश्यले खोलिएको गोरखा ताकुकोट सेवा समाज काठमाडौंले धेरै सामाजिक सेवा गर्दै आएको छ ।

    स्वास्थ्य उपचार गर्न आर्थिक अवस्था कमजोर भएकाहरुलाई सयोग  गर्न गरेको  छ ।गोरखा बारपाक सुलिकोटबाट उत्कृष्ट हुने बिधार्थी हरूलाई  र राम्रो जिपीए ल्याउने बिधार्थी हरूलाई नगद पुरस्कार सहित सम्मान  र सामाजिक क्षेत्रमा योगदान गर्नुहुने  ब्याक्तित्वहरूलाई सम्मान  स्वास्थ्य शिवीर रक्तदान कार्यक्रमहरू फ्रुटसल र गाईजत्रा  कार्यक्रम  देउसी भैलो कार्यक्रम  समस्य पर्दा सयोग समन्वय गर्ने कार्य पनि गर्दै आएको संस्थाका सचिव धिरज उपरकोटीले बताउनु भयो ।

    प्रकाशित मिति :आश्विन २७, २०८० शनिवार - २१:४४:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको