२८असोज काठमाडौँ । गोरखालमा राष्ट्रिय कर्मचारी सगठन जिल्लाका कार्यसमितीहरूले बडादशै,शुभ दिपावली,छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र निकट कर्मचारी संगठनको रुपमा रहेको कर्मचारी संगठनले शुक्रबार जिल्लाको आयोजनमा शुभकामना आदान प्रदान कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य दीपक कोइरालाले जनयुद्धबाट देशमा राजनीतिक परिवर्तन गरेपनि नेपालको प्रशासनिक क्षेत्र र कानुनी क्षेत्रमा परिवर्तन गर्न नसक्दा माओवादीले चाहेका जति काम हुन नसकेको बताउनुभयो ।
उहाँले मानिसमा बढ्दै गएको महत्वकांक्षाले समाजमा भ्रष्टाचार, बेथिती बढेको भन्दै माओवादीले राम्रो कामलाई पनि अहिले जनताको माँझमा स्थापित गर्न नसकिएको उल्लेख गर्नुभयो । शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका गोरखा जिल्ला संयोजक दिपक तिमल्सिनाले चाडपर्वका अवसरमा गरिने चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमहरु पनि रुपान्तरण सहितको हुनुपर्ने बताउनुभयो ।
उहाँले कर्मचारी क्षेत्रमा रहेका बेथितीलाई अन्त्य गर्नका लागि माओवादी बिचार र आस्थासंग जोडिएका कर्मचारीहरुले बिशेष भूमिका खेल्नुपर्नेमा जोडदिनुभयो । कार्यक्रममा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर रानामगरले माओवादी निकट कर्मचारी संगठन साच्चै माओवादी जस्तै हुनुपर्ने बताउनुभयो । गोरखा जिल्लाभित्र माओवादी निकट प्रधानध्यापकहरुले नेतृत्व गरेको विधालयहरु जिल्ला भित्र उत्कृष्ट रहेको भन्दै माओवादीले नेतृत्व गरेको कार्यालयहरु पनि उत्कृष्ट हुनुपर्नेमा जोडदिनुभयो ।
माओवादीको बलिदानका कारण विभिन्न पिछडिएको बर्ग समुदायको कोटाबाट सरकारी सेवामा प्रवेश गर्ने अवसर प्राप्त भएको भन्दै त्यसलाई सवै कर्मचारीहरुलाई बुझाउनुपर्ने बताउनुभयो । जनताको काम गर्ने सन्दर्भमा जनप्रतिनिधिहरु धेरै प्रकारको कठिनाईहरु भोग्नु परेको भन्दै जनप्रतिनिधि र कर्मचारीहरु मिलेर सबै प्रकारका समस्याको समाधान गर्न सकिने बताउनुभयो । कार्यक्रम नेपाल राष्ट्रिय कर्मचारी संगठन गोरखाका अध्यक्ष सुदिप बिकको अध्यक्षतामा सम्पन्न गरीएकाे थियाे ।