२९ असाेज काठमाडाैँ । नेपाली बजारमा क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभी सेटहरुको नयाँ लाइन–अप, २०२३ सी–सिरिज सार्वजनिक गरेको हाे ।
दशैं तिहारको पावन अवसर पारी कम्पनीले ४३ इन्चदेखि देखि ८५ इन्चसम्मका टिभी बजारमा उपलब्ध गराएको हो ।यी टिभीहरूमा काल्म अनबोर्डिङ र अटो ब्राइटनेस एडजस्ट गर्न आईओटी लाइट सेन्सरहरूको सुविधा पनि रहेको छ ।
नयाँ Crystal UHD CU7700, CU8000, QLED TVs Q60C सिरिजहरूमा चाडबाड अफर मार्फत उपभोक्ताले ४१ प्रतिशतसम्म छुट र ३१ डिसेम्बर २०२३ भित्रमा खरिद गरिएका सबै २०२३ टिभीहरूमा तीन वर्षको पूर्ण वारेन्टी दिइएकाे छ ।
नयाँ २०२३ सामसङ टिभीहरूका लागि आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि र आधिकारिक बिक्रेता त्रिवेणी ब्यापार कम्पनी लिमिटेडको डिलर नेटवर्क अन्तर्गत नेपालभरका डिलर नेटवर्कबाट उपलब्ध सहित एक्सचेन्ज सेवा पाउन सक्ने कम्पनीले जनाएको छ ।