Logo

बुधवार, श्रावण १३ गते २०८३

छैटौं आन्तरिक ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा आइतबार स्वर्ण जिते

छैटौं आन्तरिक ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा आइतबार स्वर्ण जिते

जोईन खबर

२९, आश्विन २०८०
  • 1.0K
    SHARES
  • छैटौं आन्तरिक ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा आइतबार स्वर्ण जिते

    २९ असाेज काठमाडाैँ । सञ्जय कपालीले छैटौं आन्तरिक ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा आइतबार स्वर्ण जितेका छन् ।पुरानो सिनामंगल– ३२ स्थित टाउन प्लानिङमा भएको फाइनलमा सञ्जयले बविन केसीलाई २१–९ र २१–१५ को सोझो सेटमा पराजित गरे ।

    images

    1(36).JPGपिस फिट्नेस सेन्टर (पीएफसी) द्वारा आयोजित प्रतियोगिताकोपुरुष डबल्समा उमेश धिताल र राजेन्द्र थापाको जोडीले फाइनलमा श्याम थापा र रुपेन गुरुङको जोडीलाई सीधा सेटमा २१–१२ र २१–१९ ले हराए ।भेट्रान डबल्स पुरुष ५० वर्षमाथि पिताम्बर तिम्सिना र प्रकाश थापाको जोडी पहिलो भए ।

      2(20).JPG

    उक्त जोडीले फाइनलमा भोला वाग्ले र सुवास प्रसाईंको जोडीलाई २१–१२ र २३–२१ ले पाखा लगाए ।विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच ट्रफी,पदक र नगद पुरस्कार प्रदान गरे ।असोज २५ गतेदेखि विजयीदशमीको उपलक्ष्यमा आयोजित प्रतियोगितामा ३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

    प्रकाशित मिति :आश्विन २९, २०८० सोमवार - ११:२०:२१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको