Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई प्रदान : प्रधानमन्त्री दाहाल

पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई प्रदान : प्रधानमन्त्री दाहाल

जोईन खबर

३०, आश्विन २०८०
  • 736
    SHARES
  • पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई प्रदान : प्रधानमन्त्री दाहाल

    ३० असोज काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकै ठूलो सङ्घर्ष र मेहनतपछि गैरआवासीय नेपाली नागरिकता वितरण कार्य सुरू गर्ने सकिएको बताउनु भयो ।

    images

    प्रधानमन्त्री प्रचण्डले आफनै निवास  बालुवाटारमा नागरिकता वितरणको शुभारम्भ गर्दै पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई प्रदान गर्नु भएको थियो ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज २८ गते अध्यक्ष आचार्यका नाममा र जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही असोज २९ गते कार्यकारी अध्यक्ष बद्रि केसी  नागरिकता जारी गरेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताए ।

    एनआरएनएसँग सम्बन्धित थुप्रै सवालहरूलाई  सरकारले नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेको उनको दाबी थियो । नेपालको संविधानमा गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न मैले निकै ठूलो सङ्घर्ष गरेको छु, त्यसकै बलमा तपाईँहरूले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ’प्रधानमन्त्री प्रचण्ड भनाइ छ ।

    प्रकाशित मिति :आश्विन ३०, २०८० मंगलवार - १०:४०:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको