३० असाेज काठमाडाैँ । इजरायलमा हमास समूहले गरेको आक्रमण पछि नेपाल फर्किनका लागि अनलाइन आवेदन दिएने १९ जना नेपालीलाई सरकारले उद्धार गरेको छ।नेपाल सरकारले भारतीय विमानमार्फत इजरायलबाट १९नेपालीको उद्धार गरी नेपाल ल्याइएको छ ।यो भन्दा पहिला नेपाल एयरलाइन्सको जहाजले २५४ नेपालीहरूलाई नेपाल ल्याएको थियो ।
नेपालका परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत थप १९ नेपालीको उद्धार गरिएको जानकारी दिए। १९ जना नेपाली नागरिक तेल अविवबाट भारत हुदै नेपाल आएको बताए ।
मन्त्रालयले स्थानीय समय अनुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत १९ नेपाली नागरिक आउने जनाएको छ। मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए ।इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई उतैबाट कैलाली पठाइने तयारी गरेका छन् ।