Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल टाइगर टोलीलाई टिसर्ट प्रायोजन गर्ने विशाल खड्गी र दिपेश डंगोल

नेपाल टाइगर टोलीलाई टिसर्ट प्रायोजन गर्ने विशाल खड्गी र दिपेश डंगोल

जोईन खबर

३०, आश्विन २०८०
  • 646
    SHARES
  • नेपाल टाइगर टोलीलाई टिसर्ट प्रायोजन गर्ने विशाल खड्गी र दिपेश डंगोल

    ३० असोज काठमाडौँ । बंगलादेशको ढाकामा हुने प्रथम बंगबन्धु अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाल टाइगर तेक्वान्दो टोलीले डेमोन्स्ट्रेसन प्रस्तुत गर्ने भएको छ ।थुप्रै घरेलु प्रतियोगितामा आफ्नो साहसिक र आकर्षक प्रस्तुतीले दर्शकको मन जितिसकेको नेपाल टाइगर टोलीले उक्त अन्तर्राष्ट्रिय प्रतियोगिताको उद्घाटन र समापन कार्यक्रममा प्रस्तुती दिने काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन् ।

    images

    अक्टोबर २० देखि २१ तारिखसम्म हुने प्रतियोगिताका लागि टोली मंगलबारै बंगलादेश प्रस्थान गरेको छ ।काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतका पदाधिकारी प्रशिक्षक श्याम थापा मगरसहितको ३५ सदस्यीय टोलीलाई मंगलबारै लैनचौरमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे । सोही अवसरमा अध्यक्ष खड्गीले टोलीलाई अस्ट्रेलिया बस्ने काभ्रेस्थली तेक्वान्दो डोजाङका खेलाडी विशाल खड्गी र दिपेश डंगोलले प्रायोजन गरेको टिसर्ट पनि हस्तान्तरण गरेका थिए ।

    images
    images
    images

    खेलाडीमा सुजल गुरुङ, इशान थापा मगर, सुकमाया गुरुङ, सुनिल गुरुङ, मनीषा पराजुली, निमा ग्याल्मो तामाङ, आयुशा गुरुङ, सुमी थापा मगर, किरण तामाङ, मन्दिप राई, समिर खत्री, निमा छिरिङ शेर्पा, आदर्श मगर, कपिल गुरुङ, सुनिल तामाङ, रोमन मगर, अमिका तामाङ, सागर तामाङ, निरज गिरी, अभिषेक नेपाली, छिरिङ शेर्पा, करिना सुनुवार, करुणा तामाङ, नानुका मगर, अंकित मगर, रोशनी श्रेष्ठ, सामना पुरी, गरिमा कोइराला, सुजन नेपाली, सुरज खड्का, सर्विन गुरुङ, दिप्सिका तामाङ, रोशन तामाङ र दीपक राई रहेका छन् ।

    प्रकाशित मिति :आश्विन ३०, २०८० मंगलवार - १५:५७:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको