Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आजदेखि ३ वटा सडक खण्ड एकतर्फी सञ्चालन सुरु

आजदेखि ३ वटा सडक खण्ड एकतर्फी सञ्चालन सुरु

जोईन खबर

१, कार्तिक २०८०
  • 655
    SHARES
  • आजदेखि ३ वटा सडक खण्ड एकतर्फी सञ्चालन सुरु

    १ कार्तिक काठमाडाैँ ।राजधानीकाे महानगरपालिका भित्रका तीन सडक खण्ड आजदेखि एकतर्फी सञ्चालन सुरू गरीएकाे छ ।महानगरपालिकाका ट्राफिक विज्ञ जगतमान श्रेष्ठका अनुसार कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक र दरबारमार्गस्थित महेन्द्र शालिकबाट कृष्णपाउरोटी चोकभन्दा तल (काठमाडौं प्लाजानेर) पुग्ने सडक एकतर्फी भएका छन् ।

    images

    यसैगरी त्रिपुरेश्वरतर्फबाट काठमाडौं–ललितपुर जोड्ने सेतोपुल (नयाँ पुल) हुँदै गुसिङ्गाल निस्किने सडक एकतर्फी बनाइएको छ ।

    images
    images
    images

    जमल र दरबारमार्गबाट रत्नपार्कतर्फ आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडिएर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन पाइने छैन र पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब काठमाडौं प्लाजाबाट वायाँ मोडिएर महेन्द्र शालिकतर्फ जान पाइने छैन ।

    प्रकाशित मिति :कार्तिक १, २०८० बुधवार - ११:०३:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको