Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको लिगलिगेकोट दौड प्रतियाेगितामा नेपाली सेनाका गजेन्द्र राईले जिते

गोरखाको लिगलिगेकोट दौड प्रतियाेगितामा नेपाली सेनाका गजेन्द्र राईले जिते

जोईन खबर

१, कार्तिक २०८०
  • 910
    SHARES
  • गोरखाको लिगलिगेकोट  दौड प्रतियाेगितामा  नेपाली सेनाका गजेन्द्र  राईले जिते

    १ कार्तिक काठमाडौँ । गोरखाको चेपे घाटदेखि लिगलिगकोटसम्मको खुला दौडको उपाधि नेपाली सेनाका गजेन्द्र राईले  जितेका छन्।गोरखाको पालुङटार नगरपालिका वडा न ५ चेपे घाटदेखि सुरू हुदै दौड ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोहुदै लिगलिगकोट कालिका मन्दिरमा पुगेर सम्पन्न भएको हो ।

    images

    उनले यसपालिको दौडमा १३।८ किमी दुरीलाइ ५६ मिनेट ३६ सेकेन्डमा पार गरेका हुन्।उक्त ठाउमा परम्पर अनुसार दौडिएर पहिलो हुने व्यक्तिलाइ राजा हुने इतिहासलाई निरन्तरता दिँदै बुधबार ११ औं संस्करणको लिगलिगे दौड भएको थियो।

    images
    images
    images

    दौडको उपाधि नेपाली सेनाका राईले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् , भने  नेपाली सेनाका नरेन्द्रसिं रावत ५६ मिनेट ५३ सेकेन्डमा दौड पूरा गर्दै उपविजेता बनेकाले  ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । भारतीय सेनामा कार्यरत  अनिश थापाले ५८ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरी तेस्रो भएको आयोजकले जनाएको छ। उनले २५ हजार रुपैयाँ पुरस्कार जितेका हुन्।

    परम्परगत हिसाबले यो प्रतियोगिता हिन्दुहरूको महान पर्व बडा देशैँको पावन अवसरको बेलामा गरिएको हुन्छ ।

    दौडको उपाधी बिजेता राईलाई बिशेष कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिगलिगे राजा घोषणा गर्ने कार्यक्रम रहेको आयोेजक लिगलिग बिकास अभियानका अध्यक्ष संजिव राना मगरले बताए । 

    प्रकाशित मिति :कार्तिक १, २०८० बुधवार - १२:२२:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको