Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत पाए

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत पाए

जोईन खबर

१, कार्तिक २०८०
  • 706
    SHARES
  • कोशी प्रदेशका मुख्यमन्त्री  कार्कीले विश्वासको मत पाए

    १ कार्तिक काठमाडाैँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । काँग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग समीकरण बनाइ मुख्यमन्त्री बनेका उनले प्रदेश सभामा रहेका मध्येबाट दुई तिहाइ बढी मत प्राप्त गरेका हुन् ।

    images

    गठबन्धनले भने माओवादीका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको थियो ।९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत पाए भने विपक्षमा ५ जना मात्रै रहे । राप्रपाका एक सांसद अनुपस्थित रहे ।

    images
    images
    images

    यहाँ एमालेको उपसभामुखसहित ४०, काँग्रेसको २८, माओवादी केन्द्रको १३, नेकपा एसको ४ र जसपाका एक जना सांसद छन् ।

     

    संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई काँग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिएका हुन् ।

     

    प्रकाशित मिति :कार्तिक १, २०८० बुधवार - १७:१०:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको