Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चीनमा गृहमन्त्री श्रेष्ठलाइ स्वास्थ्यमा समस्या , बेइजिङको पेकिङ युनियन मेडिकल कलेजमा भर्ना

चीनमा गृहमन्त्री श्रेष्ठलाइ स्वास्थ्यमा समस्या , बेइजिङको पेकिङ युनियन मेडिकल कलेजमा भर्ना

जोईन खबर

२, कार्तिक २०८०
  • 859
    SHARES
  • चीनमा  गृहमन्त्री श्रेष्ठलाइ स्वास्थ्यमा समस्या , बेइजिङको पेकिङ युनियन मेडिकल कलेजमा भर्ना

    २ कार्तिक काठमाडौँ । चीन भ्रमणमा गएका नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष तथा  उपप्रधान गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा समस्या देखिए पछि चीनकाे बेइजिङ अस्पतालमा भर्ना भएका छन् ।

    images

    गृहमन्त्री श्रेष्ठलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा  चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको  भने स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।

    images
    images
    images

    बीआरईको कार्यक्रमका लागि बेइजिङमा रहेका श्रेष्ठलाई बुधबार दिउँसोदेखि नै असहज भइरहेको थियो । बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि अस्पताल लगिएको थियो ।

    अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकतर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको स्वकीय सचिव श्रेष्ठले बताए ।

    हाल उनलाई निगरानीका लागि आईसीयूमा राखिएको छ । गृहमन्त्री श्रेष्ठको सचिवालयका अनुसार उनी अहिले खतरामुक्त छन् ।

    प्रकाशित मिति :कार्तिक २, २०८० बिहिवार - १०:४३:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको