Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तेश्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको उद्घाटन गर्दै सांसद् मीनकृष्ण महर्जन

तेश्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको उद्घाटन गर्दै सांसद् मीनकृष्ण महर्जन

जोईन खबर

२, कार्तिक २०८०
  • 679
    SHARES
  • तेश्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको उद्घाटन गर्दै सांसद् मीनकृष्ण महर्जन

    २ कार्तिक काठमाडाैँ । भक्तपुर र ललितपुरको २ वटा वडा तेश्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको पहिलो दिन बुधबार महिला टिम इभेन्टमा सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित कराते हलमा भइरहेको प्रतियोगितामा भक्तपुरको २ र ५ तथा ललितपुरको १७ र १२ वडा सेमिफाइनलमा पुगेका हुन् ।प्रतियोगिताको बागमती प्रदेशका सांसद् मीनकृष्ण महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

    images

    प्रतियोगितामा करिब ४ सय खेलाडी सहभागी छन् । प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । पुरुष÷महिला सिंगल्स र टिम, यु–१६ ब्वाइज÷गल्र्स सिंगल्स, पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि तथा महिला भेट्रान ४० वर्षमाथि सिंगल्समा खेल हुनेछ ।टिम इभेन्ट बाहेक सबै स्पर्धामा नगद पुरस्कार राखिएको आयोजक स्पिनका अध्यक्ष सुमन शाक्यले जानकारी गराए ।

    images
    images
    images

    पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । बाँकीमा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार हात पार्ने छन् ।प्रतियोगिताको मुख्य प्रायोजकमा सुमन खड्गी तथा सह–प्रायोजकमा नदिमरत्न शाक्य रहेका छन् ।

    प्रायोजकमा ललितपुर महानगरपालिका, ललितपुर जिल्ला खेलकुद विकास समिति र गोदावरी नगरपालिका रहेका छन् ।आधिकारिक बल डीएचएस तथा पोशाक गोर्खा एथलेटिक्सले प्रायोजन गर्ने छन् । अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा जारी प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

    प्रकाशित मिति :कार्तिक २, २०८० बिहिवार - ११:०१:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको