Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पूर्वखेलाडी आरकेद्वारा तेक्वान्दो खेलाडी सम्मानित

पूर्वखेलाडी आरकेद्वारा तेक्वान्दो खेलाडी सम्मानित

जोईन खबर

१२, कार्तिक २०८०
  • 709
    SHARES
  • पूर्वखेलाडी आरकेद्वारा तेक्वान्दो खेलाडी सम्मानित

    १२ कात्तिक काठमाडौं। करातेका पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले तेक्वान्दोका खेलाडीद्वय सुनिता बिष्ट र सीता तामाङलाई सम्मान गरेका छन् ।लामो समयदेखि दक्षिण कोरियामा बसोबास गर्दै पूर्वखेलाडी आरके, खेलप्रेमी विपिन गुरुङ र रविन खड्काले मुजुमा भएको कार्यक्रमबीच नेपालका तेक्वान्दो खेलाडीलाई नगदसहित सम्मान गरेका हुन् ।

    images

    पूर्वखेलाडी आरके र खेलप्रेमी समूहले तेक्वान्दो खेलाडीद्वय सुनिता र सीतालाई करिब एक लाख रुपैयाँद्वारा सम्मान गरेका थिए । आरकेले आफू पनि खेलाडी भएकाले देशका खेलाडीलाई प्रोत्साहित गर्न उनीहरूलाई सम्मान गरेको बताए ।उहाँहरू तेक्वान्दोको मास्टर्स पनि हुनुहुन्छ । खेल्ने र खेलाउने दुवै गर्नुहुन्छ । त्यसैले पनि देशको खेल विकासमा काम गर्न अभैm प्रोत्साहन मिलोस् भनेर सम्मान गरेका हौं,’ करातेका पूर्वखेलाडी आरकेले भने ।

    images
    images
    images

    तेक्वान्दो खेलाडीद्वय सुनिता र सीता हाल दक्षिण कोरियाको मुजुमा प्रशिक्षणरत छन् । दुवै जना मुजुमा जारी ग्लोबल तेक्वान्दो मास्टर ट्रेनिङ कार्यक्रममा पछिल्ला तीन सातादेखि प्रशिक्षण गरिरहेका छन् ।विश्व तेक्वान्दोको मुख्यालय कुकिवनको नीति तथा कार्यक्रमअनुसार जारी मास्टर टे«निङमा विभिन्न देशका तेक्वान्दोका मास्टरले प्रशिक्षण गरिरहेका छन् । उक्त प्रशिक्षण कार्यक्रम आगामी अक्टोबर ३१ तारिखमा     सकिनेछ ।

    प्रकाशित मिति :कार्तिक १२, २०८० आइतवार - ११:२४:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको