१२ कार्तिक काठमाडाैँ । गोरखा नेपाल टेलिकम ( NTC) नमस्ते गोरखा शाखाको चरम लापर्बाही को कारण विगत ४ महिना देखि गोरखा जिल्लाकाे बारपाक सुलिकोट गाउँपालीका लगाएत आसपास का गाउँपालीका मा सञ्चारको सम्बन्ध ज्यदै कम भएको छ।
उत्तर पश्चिम अजिरकोट गाउँपालिका भच्चेकमा रहेको NTC को टावर, बारपाक सुलिकोट गाउँपालिका सौरपानिमा रहेको NTC को टावर, पाँचखुवा दौउराली मा रहेको NTC को टावर , ताकुकोट मा रहेको( NTC) नेपाल टेलिकमको टावर बाट सर्वसाधारणले ४ महिना देखि नेटवर्कको समस्या झेल्दै आएका छन्।
मोबाइल नेटवर्क र इन्टरनेट सेवा नियमित नहुँदा यस गाउँपालिका भित्र हुने प्रशासनिक काममा सेवाग्राहीहरू हैरान भएका छन्। ४ महिनायताबाट इन्टरनेट र मोबाइल नेटवर्कले काम नगर्दा मोबाइल प्रयोगकर्ताहरूले शास्ति भोग्नु परेको छ ।बारपाक सुलिकोट लगाएत आसपासका गाउँपालिकामा कछुवा गतिमा इन्टरनेट सेवा चले पनि ग्रामीण क्षेत्रमा मोबाइल नेटवर्क र डाटा ४ महिनायता नचल्दा सर्वसाधारण प्रयोगकर्ता मर्कामा पर्दै आएका छन् ।
लामो समयसम्म पनि नेटवर्कमा समस्या आउँदा पनि टेलिकम गोरखा शाखाले हाल सम्म पनि सुनुवाई नगर्दा आफूहरू घरबाहिर रहेका आफन्तबाट सम्पर्कविहीन भएको र कार्यालयकाे प्रशासनिक काममा नेटवर्क को समस्या ले गर्दा ढिला सुस्ति भएको र अनलाईन बाट लिनुपर्ने सेवा मा समेत समस्या देखिएको छ। बारपाक सुलिकोट गाउँपालिकाका प्रवक्ता शुभ प्रभात नेपाली (जित बहादुर) ले बताउनु भएको छ।
गाउँघरमा मात्र हाेइन नेटवर्क नआउँदा अध्यनरत विद्यार्थी, सरकारी कार्यालयहरूले इलोक्टोनिक जमनाअनुसार कुनै पनि काम बिभिन्न सफ्टवेयरबाट सञ्चालन गरेको हुँदा दैनिक कामकाजमा समस्या आएको सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरूको इन्टरनेट सोलो चल्दा सेवाग्राहीहरूलाई सेवा दिन हैरान भएको बताउँछन् ।गाउँ बस्तिमा 4G सेवा नचल्ने । टेलिकमले वेवास्था गर्नाले ग्रामिण भेगमा बस्ने उपभोक्ताहरु मर्कामा परेका छन । गाउँ गाउँ मा राखेको नमस्ते को टावर मा आएको समस्य प्रति गोरखा शाखा नेपाल टेलिकमले मर्मत संभार नगर्दा बारपाक सुलिकोट बासी मर्कामा परेका छन।
नेपाल टेलिकम NTC पानी पर्न छोड्दा पनि टेलिकम गोरखा शाखाले मर्मत गर्न ध्यान नदिएको टेलिकमको चरम लापरवाही ले सिमा नाघेको हुदाँ ग्रामिण भेगमा बस्ने उपभोक्ता ग्राहक हरुले दशैँ जस्तो चाडबाड मा समेत 4G सेवा नचलेको , फोन कल गर्दा टावरले काम गर्न छोडेको साथै फाेनमा कुरा गर्दा समेत समस्या आईरहेको , सेवा लिने सेवाग्राहि बढि मर्कामा परेको हुदाँ नेपाल टेलिकम गोरखा शाखा ले छिट्टै नियमित नेटवर्क सेवा लाई सर्वसाधरणको माग बमोजिम काम अघि बढाउन भन्दै ध्यानकर्षण गराउँनु भएको छ। गाउँपालिका का प्रवक्ता नेपालीकाे भनाइ छ ।