Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दुई भारतीयलाई लुटपाट गरेको आरोपमा रेस्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ

दुई भारतीयलाई लुटपाट गरेको आरोपमा रेस्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ

जोईन खबर

१२, कार्तिक २०८०
  • 709
    SHARES
  • दुई भारतीयलाई लुटपाट गरेको आरोपमा रेस्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ

    १२ कार्तिक काठमाडाैँ। काठमाडाैँ बसपार्क नजिकै रहेकाे माछापोखरी चाेकमा दुई भारतीयलाई लुटपाट गरेको आरोपमा रेस्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ परेका छन्। दुई भारतीयलाई ग्रिन टि सस्तो मूल्यमा मिलाई दिने भन्दै बारमा पुर्‍याएर उनीहरूलाई लुटिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ।

    images

    माछापोखरीमा रहेकाे किङ्स अकबरे मम्स रेस्टुरेन्टका सञ्चालक नुवाकोटको ककनीका २७ वर्षीय उमेश लामासहितका व्यक्तिहरू पक्राउ परेका छन् ।प्रहरीले पक्राउ परेकाको साथबाट एउटा मोटरसाइकल र ५९ हजार ३ सय ५५ रुपैयाँ नगद बरामद गरेको छ।

    images
    images
    images

    दुई भारतीय बिहीबारदेखि ठमेलकाे एक होटलमा बस्दै आएका थिए। उनीहरूलाइ कुटपिट गरी पीडितसँग रहेको ४९ हजार नेपाली र ५० हजार भारतीय रुपैयाँ ट्रान्सफर गरी लुटिएको प्रहरीले जनाएको छ।थप अनुसन्धान हुदै छ ।  

    प्रकाशित मिति :कार्तिक १२, २०८० आइतवार - १३:२१:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको