१२ कार्तिक काठमाडाैँ । कैलालीको जानकी गाउँपालिका–३ मा छोराले बाबुको हत्या गरेका छन् । छोराले ४५ वर्षीय बाबु हिरासिंह चौधरीको हत्या गरेको अभियोगमा उनका छोरा गणेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
२४ वर्षीय गणेशलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।बाबुको हत्या गरेकोभन्ने खबर थाहा पाउन साथ इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको हो ।
आफ्नै घरको आँगनमा केही विवादको क्रममा ढुंगाले प्रहार गर्दा हिरासिंहको घटनास्थलमै मृत्यु भएको थियो । थप विवरण अाउन बाकी छ ।