Logo

बिहिवार, कार्तिक १३ गते २०८३

लेबनानमा नेपाली सैनिक घाइते

लेबनानमा नेपाली सैनिक घाइते

जोईन खबर

१२, कार्तिक २०८०
  • 709
    SHARES
  • लेबनानमा  नेपाली सैनिक घाइते

    १२ कार्तिक काठमाडाैँ । लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन्।

    images

    इजरायली डिफेन्स फोर्स र हिजबुल्ला समूहबीचको आर्टिलरी/रकेट/मोर्टार प्रहारका क्रममा यही कात्तिक ११ गते राति ती हतियारको सेल खसेर नेपाली सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

    images
    images
    images

    घाइते सैनिकको नाम खुलाइएको छैन।उक्त सैनिकको दाहिने पेट र पाखुरामा लागेको थियो।घाइते सैनिकको हाल नाकुरास्थित शान्ति मिसनको अस्पतालमा उपचार भइरहेको छ।

    हाल निजको अवस्था सामान्य रहेको छ।लेबनानमा संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजमा डेपुटी कमाण्डर र अन्य अधिकृत कर्मचारी गरी आठ सय ७४ नेपाली शान्ति सैनिक कार्यरत छन्।

    प्रकाशित मिति :कार्तिक १२, २०८० आइतवार - १४:५२:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको