१२ कार्तिक काठमाडाैँ । अर्ना वियरले नेपाली क्रिकेट खेलाडीकाे लागि नगद पुरस्कार दिने घोषणा गरेको छ ।अर्ना वियरले टी–२० विश्वकप छनोट खेलमा नेपालका खेलाडीहरूलाइ एक रन बराबर १ हजार, चौकाको१० हजार, छक्काको २० हजार रुपैयाँ दिने घोषणा गरेको हो ।
बलिङतर्फ एउटा डट बल बराबर १ हजार, मेडन ओभरको १० हजार र हरेक विकेटमा २५ हजार रुपैयाँ दिने घोषणा गरेको छ ।टी–२० विश्वकपको एसिया छनोट भोलि सोमबारदेखि काठमाडौंमा सुरु हुँदै छ । नेपालले पहिलो खेल सोमबार बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरविरुद्ध खेल्ने छ ।




