Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पोखराको छोरेटापनमा माइक्रो बस दुर्घटना हुँदा, २५ जना घाइते

पोखराको छोरेटापनमा माइक्रो बस दुर्घटना हुँदा, २५ जना घाइते

जोईन खबर

१२, कार्तिक २०८०
  • 913
    SHARES
  • पोखराको छोरेटापनमा माइक्रो बस दुर्घटना हुँदा, २५ जना घाइते

    १२ कार्तिक काठमाडाैँ । पोखराको छोरेटापनबाट स्तुपाहुँदै पुम्दीकोट जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

    images

    ग १ ख ८५८५ नं को माइक्रो बस उक्त सडक खण्डको घैयाखेत भन्ने स्थानमा दुर्घटना भएको कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।

    images
    images
    images

    बस दुर्घटना हुनासाथ सुरक्षाकर्मी एवं स्थानीयवासीको सहयोगमा घाइतेको तत्काल उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइसकिएको उनले जानकारी दिए ।

    दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।दुर्घटना भए लगत्तै तत्काल उद्धार हुन सकेका कारण घाइतेलाई चाँडै नै अस्पतालमा पुर्‍याउन सकिएको स्थानीयवासी युवक लामिछानेले जानकारी दिए ।

    प्रकाशित मिति :कार्तिक १२, २०८० आइतवार - १६:४३:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको